सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५८ पुग्यो
बोलन्या थली |
२७ जेष्ठ २०७७, मंगलवार 
सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ ।



