सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५८ पुग्यो

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू