सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि


धनगढी ,जेठ २३ । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ ।
सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ ।