बोलन्या थलीको पहलमा गोदावरीमा स्वागत गेट निर्माण

बोलन्या थली | २२ जेष्ठ २०७७, बिहीबार
बोलन्या थलीको पहलमा गोदावरीमा स्वागत गेट निर्माण

धनगढी ।  बोलन्या थलीको पहलमा सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने प्रमुख स्थान गोदावरीमा स्वागत गेट निर्माण गरेको छ । अत्तरियाका स्थानीय भोज साउद , विनोद मल्ल , पदम बहादुर कार्की , रमेश मल्ल , भोज चापागाईँको सहयोग र बोलन्या थलीको पहलमा अब देशमै गरिन्छ,देशमै मरिन्छ वेलकम टु पहाड नामक गेट निर्माण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

कोरोना पछिको देशको अर्थतन्त्र र प्रदेश र स्थानीय तहको बजेट आउने क्रम जारी रहेकाले अब यस क्षेत्रमा उत्पादन गर्न सकिने कृषि,उद्योग लगायतका अवसर रहेकाले प्रदेश सरकारले पनि यस विषयमा  रही अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजेको  उनले बताए ।

सुदूरपश्चिम प्रदेश कृषिको सम्भाव्यता प्रदेश रहेकाले सरकारले यसमा बजेट ल्याई यहाँको बाँझो जमिनमा समेत कृषि खेती फलफूल गर्न सकिने सम्भावना रहेकाले देश विदेशबाट आएका युवाहरूलाई स्वदेशमै रोक्न प्रदेश सरकारले पहल गर्नुपर्ने जोशीले बताए । 

जनाअवजको टिप्पणीहरू