१ करोडको लागतमा चौलानी ग्रुपले खोल्यो चौराहामा चौलानी मिनी मार्ट !

बोलन्या थली | २९ कार्तिक २०७७, शनिबार
१ करोडको लागतमा चौलानी ग्रुपले खोल्यो चौराहामा चौलानी मिनी मार्ट !

धनगढी : चौलानी ग्रुप अफ कम्पनिजले धनगढीको चौराहामा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चौलानी मिनि मार्टको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रम बोल्दै मेयर वडले ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै सुदूर पश्चिममामा सुबिधासम्पन्न डिपार्टमेन्ट सञ्चालन गरेको चौलानी ग्रुप अफ कम्पनीजले आफनो शाखा खोलेकोमा धन्यवाद ज्ञापन गरेका थिए । धनगढीमा यस्ता ठुला व्यबसायी संचालनमा उपमहानगरपालिकाको साथ सहयोग रहने बताए ।

४ बर्ष अघि धनगढीमा सन्चालन गरेको चौलानी ग्रुप अफ कम्पनीजले अहिलेसम्म डिपार्टमेण्टल स्टोरसंगै, निको रेष्टुरेण्ट, चौलानी पुस्तक भण्डार, स्वीमीङ पुल, रेडमड कफि सप सञ्चालन रहेको चौलानी ग्रुप अफ कम्पनीजका अध्यक्ष मानसिंह साउँद बताए। १ करोडको लागतमा धनगढीको चौराहामा चौलानी मिनि मार्ट सन्चालन गरिएको उनले बताए।

तिहार लगत्तै धनगढीको मोती चौकमा दोस्रो मिनी मार्ट र चौलानी डिपार्टमेण्टल स्टोरको परिसरभित्र साउना स्टिम, जुम्बासहितको फिटनेश सेन्टर र कन्फ्रेस हल र पिज्जा स्टेसन पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए । पाँच बर्षमा चौलानी डिपार्टमेन्टको ५ सय जनालाई रोजगार दिने लक्ष्य रहेको पनि जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू