खरबौंको कालो कपालको ब्यापार

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
खरबौंको कालो कपालको ब्यापार

एजेन्सी, २४ असोज । धेरैले कपाल काटेर फाल्छौं तर यहि कपाल सुनजस्तै महङ्गोमा बिक्री हुन्छ। विशेषगरी कालो रङ्गको कपाल निकै महङ्गो पर्न जान्छ र यसको वार्षिक अरबौं डलरको व्यापार हुनथालेको छ ।

सीएनएनले तयार गरेको रिपोर्ट अनुसार कालो कपालको सन् २०१८ मा अमेरिकामा मात्र साँढे दुई अर्ब डलरको व्यापार भएको छ । यो नेपाली रुपैयाँ तीन खर्ब हुनआउँछ ।

सँसारभर कालो कपाललाई कालो सुन भन्न थालिएको छ । यो सबैभन्दा बढी एशियाबाट आउँछ । विशेषगरी चीनबाट यो संकलन गरिन्छ ।

अमेरिकामा कैयन टन कपाल अवैध रुपमा बरामद भएको छ । यसले कपालको अवैध व्यापारको विषय उजागर भएको छ ।-तस्वीरः एजेन्सी

जनाअवजको टिप्पणीहरू