शिवपुरी धाम धार्मिक पर्यटकिय स्थल बन्दै (फोटो फिचर)

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
शिवपुरी धाम धार्मिक पर्यटकिय स्थल बन्दै  (फोटो फिचर)

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम धार्मिक पर्यटकिय स्थल बनेको छ ।धनगढी  बजारबाट नजिक रहेको धार्मिक पर्यटकीय स्थल धेरै पर्यटकको रोजाइमा शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम बन्ने गरेको छ।

शिवपुरी धाममा एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिर बनिसकेको छ । शिवपुरी धाममा कपडा बैंक संचालन भैसकेको छ ।

कृयापुत्री घर र वृद्ध मिलन केन्द्र निर्माण सम्पन्न भैसकेकाे छ केही समयमै उद्घाटन गर्न तयारी रहेको छ भने बहुउद्देश्यीय भबन गेष्ठ हाउस करिब करिब अन्तिम चरणमा छ, बहुउद्देश्यीय हल बिबाह पार्टी सेमिनार गाष्ठि सभा हल, बहुउद्देश्यीय प्रतिक्षालय र महाआरती दिब्य घाट छिटै निर्माण हुने क्रममा छ ।

यस्तै पर्यटकलाई आकर्षण गर्न धाम नजिकै रहेको शिवपुरी सामुदायिक बनमा घाइते तथा टुहुरा बन्यजन्तु उद्वार केन्द्र संचालन गरेको छ । यस बन्यजन्तु उद्वार केन्द्रलाई मिनि चिडियाखाना बनाउने लक्ष्य लिएको छ ।

जनाअवजको टिप्पणीहरू