फारवेस्टर्न एग्रोले गरिबलाई ब्यापारमा जोड्ने अभियानको थालनी : संयोजक जोशी

बोलन्या थली | ९ आश्विन २०७७, शुक्रबार
फारवेस्टर्न एग्रोले गरिबलाई ब्यापारमा जोड्ने अभियानको थालनी : संयोजक जोशी

धनगढी : फारवेस्टर्न एग्रो जाईन्ट लिमिटेडले गरिबलाई ब्यापारमा जोड्ने अभियानको थालनी गरेको फारवेस्टर्न एग्रो जाईन्ट लिमिटेडका संचालक समितीका संयोजक तारा जोशीले बताए । शुक्रबार बोलन्या थलीको सेटमा बोल्दै संयोजक जोशीले कृषिलाई ब्यवसायी रुपमा परिमार्जन गर्न सके गरिबको आर्थिक उन्नति तर्फ लैजान सकिने बताएका हुन ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ मा ७ सय ७७ संस्थापक शेयर रहि जनस्तर लगानीबाटै स्थापना गरिएको ठुलो उद्योगले यस क्षेत्रमा ठूलो रुप उत्पादन हुने भटमासलाई संकलन गरि प्रशोधन गरि विभिन्न बस्तु उत्पादन गरिने संयोजक जोशीले बताए । प्रयाप्त स्रोत हुदाहुदै पनि प्रबिधि र समाज जोड्न नसक्दा उपलब्धि गर्ने सकेको छैन । फारवेस्टर्न एग्रोले प्रबिधि भित्र्याएर कृषिलाई आधुनिकरण गरि कृषिलाई ब्यवसायी बनाउले जोड दिए ।

कम्पनीले पहिलो चरणमा ५ करोडको भटमास विभिन्न भेगबाट नमुना प्रसोधन गरिने र पुस माघको महिनामा मेसिन जडान गरि बस्तु उत्पादन गरिने जानकारी दिए । कम्पनीलाई जनस्तरबाटै लगानीमा सहभागी गराई गरिब किसानको जिवनस्तर उकास्नुका साथै कृषकलाई आत्मसम्मान बनाउने उद्देश्य रहेको फारवेस्टर्न एग्रोका संयोजक जोशीले बताए ।

फारवेस्टर्न एग्रो जाईन्ट लिमिटेडले अहिले जिल्लाको अमरगढी नगरपालिका- २ मा एक करोड भन्दा बढी रकममा २० रोपनी जमिन खरिद गरेर कम्पनीको भौतिक संरचना निमार्ण गरिरहेको छ ।

जनाअवजको टिप्पणीहरू