आज नेपाली रेल जनकपुर आउँदै, यस्तो छ रेल (फोटोफिचर)
काठमाडौं– भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।
२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएको यो रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा रहेको छ ।
आज मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई स्वागत तथा परीक्षण गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली जनकपुर पुगिसकेका छन ।
यो रेल एक अर्बको लागतमा खरिद गरिएको हो। नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो।