आज सुदूरपश्चिमका पहाडी जिल्लामा ‘बूढी पोल्ने’ चलन

बोलन्या थली | १ आश्विन २०७७, बिहीबार
आज सुदूरपश्चिमका पहाडी जिल्लामा  ‘बूढी पोल्ने’ चलन

धनगढी : असोज सन्क्रान्ती अर्थात असोज १ गते सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ‘बूढी पोल्ने’ चलन रहेको छ । भदौ सन्क्रान्तीमा गोठालाहरु मिलेर रूख ठड्याउने त्यसमा भदौ सन्क्रान्तिदेखी भदौ मसान्तसम्म ठड्याएको रुखमा हांगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुप्रो गरिन्छ। जसलाई स्थानिय भाषामा ‘बुढी हालेको’ भनिन्छ । सो बुढीलाइ आज असोज संक्रान्तीको राती पोल्ने गरिन्छ । जसलाई ‘बूढी पोल्ने’ भनिन्छ । यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पुतना’को कथासङ्ग पनि जोडिएकोछ । बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन तथा चौपायाहरु मुक्त हुने विश्वास रहिआएको छ ।
आज साझ आ-आफ्नो गोठबाट हरियो घासको बनाएको लुरिमा बडुवा निकाल्ने र आगो बालेर बुढी पोेल्ने गरिन्छ । आज रातभरी देउडा खेल खेलि रमाईलो गर्ने गर्दछ्न।

जनाअवजको टिप्पणीहरू