कलिलो उमेरमै बसन्तीको मृगौला फेल, आर्थिक सहयोगका लागि परिवारको अपिल

बोलन्या थली | २५ कार्तिक २०७७, मंगलवार
कलिलो उमेरमै बसन्तीको मृगौला फेल, आर्थिक सहयोगका लागि परिवारको अपिल

धनगढी : १९ बर्षको कलिलो उमेरमै साईली छोरी बसन्ती कुमारी ढाँटको बायाँ मृगौला खराब भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँका बुबा दिल बहादुर ढाँटलाई छोरीको मृगौलाको उपचार गराउन मुस्किल भएको छ ।

चार छोरी र एक श्रीमती रहेको दिल बहादुरको परिवारमा छोरी नि छोरा जस्तै हुन भनेर मन ढुक्क बनाएका दिल बहादुरको परिवारमा साईली छोरी बायाँ मृगौला खराब भएपछि छोरीलाई कसरी बचाउने भन्नेले चिन्तित बनाएको छ ।

उनले ५ बर्ष अघि आफ्नो नाममा रहेको आधी कट्टा जग्गा बैंकमा धितो  राखेर एक लाख ऋण निकालेर माईली छोरीको बिहे गरे । माईली छोरीको बिहे १ वर्ष पछि साईली छोरी बसन्तीको सधै पेट दुख्न गर्ने गरेकोले भारतमा रोजगार गरिरहेका दिल बहादुरले छोरीको उपचारका सहज हुन्छ भनेर १ लाख ऋण जोह गरेर भारतको मुम्बईमा लगेर छोरीको उपचार गराउदा डाक्टरले उनको मृगौलामा पत्थरी भएको बतायो । पत्थरी देखीएपछि उनले छोरीको भारतमै अप्रेशन गराए । एक बर्ष सन्चो भयो ।

“अप्रेशन गरेपछि एक बर्ष सन्चो भयो तर पछि उनको पेट दुख्न सुरु भयो । उनलाई फेरि उपचार गराउन धनगढीका धेरै निजि अस्पतालहरुमा गए । पत्थरी छ भने । तर सन्चो भएन् ।” उनले भने,

फेरि १ बर्ष अघि बसन्तीको पेट दुख्ने थल्यो। दिल बहादुरले उपचार गराउन धनगढीमा रहेको सारथी अस्पतालमा दुई पटक देखाए पथरी भएको र उपचार नसक्ने भन्दै अन्य अस्पताल लैजान आग्रह गरे । सेती प्रादेशिक अस्पतालमा उपचार हुन्छ कि भनेर प्रादेशिक अस्पतालमा उपचार गराउन लगे प्रादेशिक अस्पतालले पनि बाहिर लैजान भनी पठाए ।

घरमा पैसा कमाउने आधार भनेका दिल बहादुर छोरीको उपचार गराउन अस्पताल धाउन थालेपछी घरमा छाक टार्नै मुस्किल भएको थियो । छोरी मुख हेर्दै आफ्न्त र अन्यहरु ऋण जोह गरेर धनगढीका निजि अस्पताल निसर्ग हुदै माया मेट्रो अस्पतालमा भर्ना गरे। कोरोनाको महामारीमा काठमाडौबाट डाक्टर आउन नसक्ने र यता उपचार गरान मेसिन नभएको भन्दै धनगढीका निजि अस्पतालहरुले नेपालगन्जमा लैजान डाक्टरले उनलाई सल्लाह दिए।

अस्पतालले उपचार गराउन नेपालगन्ज लैजान त भने तर दिल बहादुरलाई कहाँबाट पैसा खोज्ने भनेर चिन्ताले पिरोन्छ । न धन न सम्पत्ति छ, त्यही आफ्नो ज्यानलाई साक्षी राख्दै पैसाको ब्यबस्था गरे । बैशाख महिना नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गराए । डाक्टरहरुले मृगौलामा पीप भरिएको भन्दै पाइप लगाएर सफा गर्नु पर्ने भने र पिप सफाका लागि पाइप राखियो । १ महिनापछि पुनः नेपालगन्ज मेडिकल कलेजमा बसन्तीलाई लगे केही सन्चो भएन् ।
असोजमा बसन्तीको मुखबाट रगत आउन थालेपछि बुबा दिल बहदुरले धनगढीमा रहेको कैलाली अस्पतालमा बसन्तीलाई भर्ना गरे। उनको शल्यक्रियाका गर्नु पर्ने त्यसका लागि वीर अस्पताल काठमाण्डौ जानु पर्ने सुझाव दिए ।

युवा कमल ढाटको नेतृत्वमा धनगढीमा संकलन गरेको रकमले उपचार गराउन काठमाडौको वीर अस्पतालमा भर्ना गरे । १५ दिन काठमाडौमा बसेर छोरीको उपचार गराईहेका दिल बहादुर काठमाडौमा बढ्दै गएको कोरोनाको महामारीले छोरीको उपचार गराउन रोकियो र डाक्टरले उनलाई छिटोमा दशैपछि  र ढिलोमा तिहार लग्तै आउनु भनी घर पठायो ।

धन र सम्पत्तिको नाममा दिल बहादुरसङ्ग सहकारीमा रहेको धितो आधी कट्टाको घर-जग्गा र सानो किराना पसल बाहेक अरु केही छैन ।

बसन्ती बचाउ अभियानमा लाग्दै कोरियामा रहेका सुदूरपश्चिमेली समाज,गाउमा युवाहरुले चन्दा संकलन र निता खत्रीको नेतृत्वमा आर्थिक संकलन गरिरहेका छन् । बसन्ती बचाउ अभियानमा तपाई सक्दो सहयोगका लागि हार्दिक अनुरोध छ । सहयोग गर्न चाहनेलाई बुबा दिल बहादुर ढाटको मोबाईल नम्बर ९८४८४४२४४९ र निता क्षेत्रीको मोबाइल नम्बर ९८६८०६५८३१ रहेको छ । निता खत्रीको महालक्ष्मी बैंक धनगढी शाखाको खाता नम्बर ००१००६००००५६५८०००००१ रहेको छ ।

जनाअवजको टिप्पणीहरू