सुदूरपश्चिममै पहिलो पटक इलेक्ट्रोनिक खेल प्रतियोगिता हुने

बोलन्या थली | १९ चैत्र २०८०, सोमबार
सुदूरपश्चिममै पहिलो पटक इलेक्ट्रोनिक खेल प्रतियोगिता हुने


धनगढी : सुदूरपश्चिममै पहिलो पटक इलेक्ट्रोनिक (विद्युतीय) खेल प्रतियोगिता हुने भएको छ । प्रदेशका विद्यार्थीहरूका लागी समयको विकास सँगै प्राविधिक क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटर युगमा विद्यार्थीहरूलाई कम्प्युटर ज्ञान सम्बन्धी मनोबल उच्च बनाउनका लागि सो प्रतियोगिता आयोजना हुन लागेको हो ।

धनगढी ट्रेनिङ्ग सेन्टर प्रा.लिले आयोजना गर्ने सो प्रतियोगितामा लुडो ,चेस र कार रेस गरी ३ वटा खेल खेलाइने छ । हाल एसईई परीक्षा दिइरहेका विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागी हुन पाउने छन् । एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने नियम राखेको छ ।

प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेलका सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निःशुल्क ब्रिज कोर्स पढाइने आयोजकले जनाएको छ । चैत ३० गते सम्म आवेदन फाराम भर्न सकिनेछ भने एसईई परीक्षा सकियपश्चात समयको सदुपयोग तथा नयाँ ज्ञान हासिल गर्नमा यस प्रतियोगिताले विद्यार्थीहरुलाइ विशेष सहयोग गर्ने आयोजकले विश्वास गरेको छ। प्रतियोगिताबारे थप जानकारीको लागि ०९१५२६१३३ वा ९८४८६८८६४८ मा सम्पर्क गर्न सकिनेछ ।

जनाअवजको टिप्पणीहरू