धनगढीमा ‘होली फेष्ट २०८०’ हुने
धनगढी । धनगढीमा ‘होली फेष्ट २०८०’ हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको द न्याचुर हाउसले चैत १२ गते होली फेष्ट २०८० आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार सो कार्यक्रमलाई रुस्लान भोड्काले साथ दिएको छ । यस्तै भूमिराज मार्टले पनि मुख्य प्रायोजकको भूमिकामा साथ दिएको छ ।
हस्पिटालिटीमा आफ्नो घर टेम्पल रिर्सोटले साथ दिएको छ भने घराना चुलो र बिएसजी पिक्चरले समेत सो कार्यक्रमलाई साथ दिएको छ । फारवेष्ट फिट्नेसद्धारा सञ्चालित सो कार्यक्रमलाई बोलन्या थलीले पनि मिडिया पार्टनरको रुपमा साथ दिने भएको छ । कार्यक्रममा विपुल ब्यान्डको प्रस्तुति रहने छ ।
यस्तै डिजे कल्पित,गायक सुमित श्रेष्ठ लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको होस्ट रञ्जना बिसीले गर्ने जनाएको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।