बोलन्या थलीका तीन प्रतिनिधि केएमसीको स्ववीयू निर्वाचनमा विजयी

बोलन्या थली | १० चैत्र २०७९, शुक्रबार
बोलन्या थलीका तीन प्रतिनिधि केएमसीको स्ववीयू निर्वाचनमा विजयी

धनगढी । बोलन्या थलीका तीन जना प्रतिनिधि कैलाली बहुमुखी क्याम्पसको (केएमसी) स्ववीयू निर्वाचनमा विजयी भएका छन् ।

थलीका संस्थापक सदस्य यमराज जोशी केएमसीको स्ववीयू सभापतिमा निर्वाचन भएका छन्  । नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका जोशी नेपाल विद्यार्थी सङ्घ नेविसंघ का हरिश खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । 

यस्तै सचिवमा नेविसंघका सन्तोष पन्त विजयी भएका छन् । प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का दिनेशराज जोशीलाई पराजित गर्दै पन्त विजयी भएका हुन्  । पन्त बोलन्या थलीका संस्थापक सचिव हुन् ।

यस्तै केएमसीको स्ववीयू सदस्यमा पूर्ण जोशी पनि विजयी भएका छन् ।  जोशी बोलन्या थली बाजुरा युनिट प्रमुख समेत हुन् । 

जनाअवजको टिप्पणीहरू