आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा. जोशी

बोलन्या थली | १५ माघ २०७९, आईतवार
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा.  जोशी

डडेल्धुरा । सुदूरपश्चिमका प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले विकासका लागि कृषि निकै महत्त्वपूर्ण हुँदा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्ने बेला आएको बताएका छन् ।

डडेल्धुरामा सरकारी कार्यालयका प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

जिल्लाको बस्तुस्थितबारे बुझ्न र सुधार गर्नु पर्ने विषयबारे जानकारी लिन आयोजना गरिएका अन्तरक्रियामा जोशीले वर्तमान अवस्थामा रहेको कर्मचारी क्षमतावान् भएकाले चाँडो विकास हुने विश्वास व्यक्त गरे ।

युवाहरू नेता तथा सरकार प्रति विश्वस्त नभएकोले दक्ष तथा सक्षम नागरिकलाई डडेल्धुरामा नै रोक्न आवश्यक भएको बताए । उद्योग, एयरपोर्टमा, शिक्षा, युवालाई परिचालन, पर्यटन, मेडिकल कलेज, लगायतका कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए ।  अन्तरक्रिया कार्यक्रममा  जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।   

जनाअवजको टिप्पणीहरू