बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक छ : प्रदेश सभा सदस्य जोशी
बोलन्या थली |
१९ पुष २०७९, मंगलवार
धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो समस्या बेरोजगारी रहेको भन्दै बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
सुदूपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘बेरोजगारीले युवा, परिवार राजनीति सबैलाई असर गर्छ’, उनले भने,‘बेरोजगारीले आर्थिक, सामाजिक, राजनीतिक व्यवस्थालाई नै ध्वस्त पार्दछ ।’
तराईमा बढ्दो बसाइँसराइँ र पहाडमा जनसंख्या घट्दै जानूले विकासको सन्तुलनमा समस्या गरिरहेको जोशीको भनाइ थियो ।