मान्छेहरू अहिले परिवर्तन खोजिरहेका छन् : विष्ट

बोलन्या थली | १७ मंसिर २०७९, शनिबार
मान्छेहरू अहिले परिवर्तन खोजिरहेका छन् : विष्ट

डडेलधुरा । डडेलधुराको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार दिएका डा. तारा जोशी निर्वाचित भएका छन् । जोशी दुई पटक नेपाली काँग्रेसका उम्मेदवारसँग चुनाव हारे। उनी पहिलो पटक ०७० को संविधानसभा चुनाव लडे। तर, सफल हुन सकेनन्। एमालेबाट चुनाव लडेका उनी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भए।त्यसपछि उनी तत्कालीन वाम गठबन्धनबाट एमालेका उम्मेदवार बन्दै जोशीले ०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा गरे।

उनी त्यति बेलाको प्रदेशसभाको चुनावमा झिनो मतले पराजित भए। नेकपा एकीकृत समाजवादीका नेता जोशीलाई वाम–लोकतान्त्रिक गठबन्धनले टिकट दिएन। त्यसपछि उनी स्वतन्त्र भएर चुनाव लडे । नेकपा एकीकृत समाजवादीका पूर्व जिल्ला कमिटी अध्यक्ष कवीन्द्र विष्टको कमान्डरमा चुनावमा होमिएपछि जोशीलाई प्रदेशसभा सदस्यमा यहाँका जनताले अनुमोदन गरिदिएका छन् । आज उनै चुनावी कमान्डरमा रहेका विष्टसँग डडेलधुरामा काँग्रेसको किल्ला भत्काउन कसरी सम्भव भयो र अबको भूमिका के रहन्छ भन्ने विषयमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ विष्टसँग गरिएको उक्त कुराकानीको अंश

डडेलधुरामा काँग्रेसको किल्ला भत्काउन कसरी सम्भव भयो ?

सुरुवातमा हाम्रो पार्टी अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनबाट टिकट पाउनुहुन्छ ढुक्क भएर बस्नुहोस भनेर हामीलाई आश्वासन दिनुभएको थियो । त्यसै अनुसारको तयारी गर्नुस् भनेर भन्नु भएको थियो । मैले आफै प्रधानमन्त्री र पार्टी अध्यक्षलाई समेत भेटे । र त्यो किसिमले हामी तयारीमा आइसकेपछि अन्तिममा हामीलाई टिकट दिइएन । टिकट नदिएपछि हामीले कलमको चिन्ह दिनुस् भनेर हामी चुनाव लड्छु भन्दा पनि हामीलाई कलम चिन्ह पनि दिइएन । जस्तै कलम चिन्ह दिएर कञ्चनपुरमा प्रकाश रावल निर्वाचित हुनुभएको छ । उता बैतडीमा पनि नरेन्द्र विष्टलाई पनि कलम चिन्ह दिनुभएको थियो । यही किसिमले हामीलाई पनि दिनुस् भन्दा पनि त्यो पनि दिनुभएन । र त्यसपछि हामीलाई एउटा खिन्नता बोध भएर पार्टी र यो गठबन्धन प्रति हाम्रो वितृष्णा जाग्यो । त्यस पछि हामीले एउटा सल्लाह ग¥यौ । र सबै क्षेत्रबाट हामीले विश्लेषण ग¥यौ । हामी सँग सम्बन्धहरू सँग छलफल ग¥यौ र चुनाव लड्नुपर्छ यदि चुनाव लडिएन भने पार्टी रहँदैन । पार्टीका कार्यकर्ताहरू पनि यता उता जान सक्छन् भन्ने मनसाय पनि भयो । सोही अनुसार चुनाव लड्नुपर्छ भन्ने किसिमको सबै पार्टी पङ्क्तिका साथीहरूले पनि भनिसकेपछि चुनावमा जानुपर्ने एउटा बाध्यता भयो । र त्यो बाध्यता हुँदाहुँदै हाम्रो अगाडी एउटा ठुलो पहाड थियो । हामीलाई चुनौती ठुलो थियो । चुनौती कस्तो भने एकातिर बहालवाला प्रधानमन्त्री र अर्को हामीसँग प्रतिस्पर्धा गर्ने सुदूरपश्चिमका बहालवाला सामाजिक विकास मन्त्री गोविन्द बोहरा, अझ बन्नुपर्दा चार वटै स्थानीय तहमा उहाहरुकै सरकार छ । अब त्यो भइसकेपछि हामीलाई एकदमै चुनौती थियो हेर्नुस् । यो चुनौतीका बिचमा पनि हामीले प्रत्येक व्यक्ति, प्रत्येक गाउँ गाउँमा गएर उहाँहरूलाई एउटा किसिमको सन्देश दियौ । उहाँहरू सँग छलफल ग¥यौ । तर पनि अहिले के देखियो भने मानिसहरु एउटा परिवर्तन खोजिरहेका छन् । अब डडेल्धरामा शेर बहादुर देउवाले करिब ३७ वर्षसम्म शासन सत्ता चलाउनुभयो । तर अझै पनि डडेलधुराले पाँच पटक प्रधानमन्त्री पाएको यो ठाउँले अहिले सम्म केही पाएको छैन । अब अहिले सडक र बिजुली देखाउँछन् । पाँच पटक प्रधानमन्त्री र सात पटक डडेल्धुरामा चुनाव जिते जस्तो विकास त अहिले पनि भएको छैन नि । त्यसकारण पनि मान्छेहरू अहिले एउटा परिवर्तन खोजिरहेका छन् । त्यस कारण अब डडेल्धुराको विषेशगरी प्रदेश ख मा एउटा परिवर्तन चाहेको र एउटा योग्य उम्मेदवारलाई अगाडी बढाउनुपर्छ भन्ने किसिमले उहाँहरूले ठुलो विश्वास गर्नुभयो हामीलाई । र हामीले यो सफलता हासिल ग¥यौ ।

जस्तो चुनावमा काँग्रेस बिपीसँग पनि तपाईँहरूको तालमेल भयो यो कसरी सम्भव भयो ?

त्यति बेला हामीले टिकट नपाउने भएपछि उहाँहरूसँग पनि हाम्रो एउटा सम्बन्ध भयो । एउटा किसिमको छलफल भयो । छलफल भइसकेपछि हामीले एउटा सम्झौता ग¥यौ । सोही अनुसार कर्ण मल्ललाई संघमा सहयोग गर्ने र तारा जोशीलाई प्रदेशमा सहयोग गर्ने भन्ने सम्झौता भयो । र सोही अनुसार दुवै पक्षका साथीहरू एउटा इमानदारीताका साथ लाग्नुभयो र उहाँहरूको पनि यसमा ठुलो योगदान छ । उहाँहरूले पनि ठुलो सहयोग गर्नुभयो ।

तपाईँहरूलाई पार्टीले कारबाही गरिसकेको छ अब तपाईँहरू पार्टीमा जानुहुन्छ की पाँच वर्ष स्वतन्त्र नै बस्नुहुन्छ ?


अब पार्टीले कारबाही फिर्ता लिएर यथास्थानमा चाहिँ उहाँहरूले जिम्मेवारी दिनुहुन्छ भने जाने हो । अब दिनुहुन्न र कारबाही फिर्ता गर्नुहुन्न भने पनि केही पनि छैन । किन भने अहिले हामी एक ठाउँमा छौ । एक दुई जना साथीहरू बाहेक,सबै एक ठाउँमा छौँ । चुनाव घोषण भएको दोस्रो दिन हामी साथीहरू सँग बस्यौ । उहाँहरूले पनि यही नेतृत्वमा पार्टीले चाहिँ यथास्थानमा राख्छ भने ठिक छ । हैन भने चाहिँ हामीले विद्रोह गर्नुपर्ने समय पनि आउन सक्छ । सबैले एक ठाउँमा जानुपर्छ भन्ने कार्यकर्ताको मनसाय पनि छ । अहिले तत्काल हामी केही नबोलीकन एक ठाउँमा बस्ने हो । केही समयपछि पार्टीले के गर्छ त्यो किसिमले हामी अगाडी बढ्छौ ।

तपाईँकै चुनावी कमान्डमा प्रदेशका बहालवाला मन्त्रीलाई पराजित गराउन सफल हुनुभएको छ । अब तपाईँहरुको भूमिका कस्तो रहन्छ र यो पाँच वर्षमा कसरी काम गर्नुहुन्छ ?


हामीले उहाँलाई पराजित भन्नुभन्दा पनि हामी आफैले चाहिँ जित्नु हो । कसैलाई पराजित गर्ने भन्ने विषय होइन । हामीले आफै सफल कसरी हुने भन्ने हो र त्यो सफलता हात लाग्यो । हामी सफल भयौ । अब हामी विकास निमार्णका कुरामा म पनि पहिला गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पनि खाइसकेको थिए । पाँच वर्ष कार्यकाल मैले पनि पुरा गरेको छु । र मलाई लाग्छ म एउटा सफल गाउँपालिका अध्यक्ष भित्र पर्छु । र हामीलाई विकासका कुराहरू अब के कसरी गर्ने, त्यहाँ समस्याहरू के हुन ?भन्ने कुराहरूका बारेमा हामीलाई धेरै कुरा थाहा छ । अब लगत्तै सांसदको भूमिका सुरु हुने वेला हामी गाउँ गाउँमा गएर एक किसिमको छलफल गर्छौ । अहिले पनि यहाँ खानेपानीको समस्या छ । त्यस्तै सिचाइको समस्या छ । कृषि उत्पादन बढाउने तर्फ हाम्रो महत्त्वपूर्ण भूमिका रहन्छ ।
अन्तिममा आम मतदाताहरूलाई जसले तपाई कमान्डरमा रहेर डडेल्धुरामा काँग्रेसको किल्ला भत्कायो , उहाँहरूलाई के भन्नुहुन्छ ?
एउटा अधभुत वर्ग, कसैले पनि डा तारा जोशी जित्नुहुन्छ भन्ने सोचेकै थिएन । मैले अगाडी पनि भने हाम्रा अगाडी एउटा ठुलो पहाड थियो । त्यसलाई पनि हामी पार गर्न सफल भयौ । अब त्यसको लागि म डडेल्धुरीवासी विशेष गरेर प्रदेश ख का आम मतदाताहरूलाई हार्दिक धन्यावाद दिन चाहन्छु । र एउटा परिवर्तन हुनुपर्छ । परिवर्तनले केही नयाँ ल्याउँछ भन्ने जुन उहाँहरूले सोच्नुभाछ, एउटा योग्य व्यक्तिलाई अगाडी बढाउनुभाछ । उहाँहरूलाई हिदृयदेखि धन्यावाद व्यक्त गर्दछु ।

जनाअवजको टिप्पणीहरू