भारतीय कम्पनी एनएचपीसीले माग्यो पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स

बोलन्या थली | १२ आश्विन २०७९, बुधबार
भारतीय कम्पनी एनएचपीसीले माग्यो पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स

काठमाडौँ । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स माग गर्दै लगानी बोर्डमा आवेदन दिएको छ । कम्पनीले हिजो मंगलबार लगानी बोर्डका प्रमुख अधिकृत सुशील भट्ट समक्ष आवेदन बुझाएको हो ।

नेपाल सरकारले यस अघि नै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ ।

यस अघि लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो ।

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।

जनाअवजको टिप्पणीहरू