खप्तडको पर्यंटन पुर्वाधार विकास र प्रवद्र्धनका लागी झिग्राना घोषणा पत्र जारी

बोलन्या थली | २४ असार २०७९, शुक्रबार
खप्तडको पर्यंटन पुर्वाधार विकास र प्रवद्र्धनका लागी झिग्राना घोषणा पत्र जारी

डोटी ।  सुदुरपश्चिम प्रदेशको पहाडी क्षेत्रको संगमस्थलका रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जको विकास र प्रवद्र्धनका लागी विभिन्न जनप्रतिनिधिले संयुक्त घोषणा पत्र जारी गरेका छन । सुदुरपश्चिम प्रदेशको अछाम,बझाङ, बाजुरा, डोटी जिल्लाका संगम स्थल हाम्रो पहिचान भन्दै नौ बुदे घोषणा पत्र जारी गरेका हुन ।

जसमा चार जिल्लाका स्थानिय निकायका प्रतिनिधि यस क्षत्रको विकासका लागी प्रतिद्धता सहीत हस्ताक्षर गरेका छन । खप्तडले हाम्रो आर्थिक सम्बृद्धि र सामाजिक रुपान्तरणका र शान्ति सम्बृद्धिको आधार क्षेत्रको रुपमा खप्तडलाई विकास र प्रवद्र्धन गर्न प्रतिवद्धता जनाएका छन । खप्तडलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकिय रुपमा विकास गर्ने र चार वटै जिल्लाको समान सहभागीता र पर्यटन समानुपातिक वितरण गर्ने उल्लेख छ ।

त्यस्तै दिगो पर्यटा विकास सामुदायको अगुवाईमा  ग्रामिण पर्यटनमा जोड दिन प्रत्येक जिल्लामा कम्तीमा एक होमस्टे स्थापना गरेने छ । संघिय सरकार प्रदेश सरकार दातृ निकाय सरकारी तथा गैरसरकारी संस्था ,नागरीक समाज, पर्यटन व्यावसायी, कलाकार ,पत्रकार, व्यावसायी लगायत सम्पुर्ण निकाय संग समन्वय गरी पर्यटन विकासमा पहल गरीने छ । निती तथा कानुनी जटिलता हटाई आवश्यक बजेटका लागी दुवै सरकारसंग जोडदार माग गरीने उल्लेख छ । 

यस्तै श्री १००८ व्रम्वीत परमहंस स्वामि सचिदान्नदको ५० वर्ष लामो त्याग उच्च सम्मान गर्दै उनको दर्शनलाई मार्गदर्हन गरीने छ । खप्तड र अन्य पर्यटनसंग सम्बन्धीत पाठ्यपुस्तक चारवटै जिल्लाका स्थानिय निकायका विद्यालयमा पठनपाठन गरीने प्रतिद्धतामा उल्लेख छ ।

जनाअवजको टिप्पणीहरू