पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

बोलन्या थली | २३ चैत्र २०७८, बुधबार
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।यस्तै हवाई इन्धन ९आन्तरिक० मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन ९अन्तर्राष्ट्रिय० अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

जनाअवजको टिप्पणीहरू