बैतडीमा बुवाले छोरी र छोराले आमालाई गरे बलात्कार


बैतडी । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवा पक्राउ परेका छन ।
मंगलवार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरीनिरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।
बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । पक्राउ गरेका ती व्यक्तीलाई बुधवार जिल्ला ल्याइदैं गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए।
यस्तै जिल्लाको पुर्चौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ बर्षीय छोराले ६१ बर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए ।
आमालाई बलात्कार गरि बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।