पहिरोमा परेका परिवारको पिडा; मृत्यु भएकाको काजकिरिया बिद्यालयमा

बोलन्या थली | २९ असार २०७७, सोमबार
पहिरोमा परेका परिवारको पिडा; मृत्यु भएकाको काजकिरिया बिद्यालयमा

जाजरकोट बारेकोट गाउँपालिका–४ सार्की गाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्ने।

गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो।

शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ। बिरामी छिमेकीलाई भेट्न भएका कलु सार्कीका श्रीमान् तुले र उनका १४ वर्षीय छोरा रमेश छोरा कुम्दस्थित गोठमा गएका कारण बाँच्न सफल भएका हुन्।

छ जनाको परिवार रहेको तुलेले श्रीमती कलु, छोरी तिर्खा, कमला र कान्छो छोरा सुभासलाई गुमाए। अर्का मृतक घरमुली गोपाल सार्कीका १३ वर्षीय छोरा पवनको मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ।

पवनले बाबा गोपाल, आमा पुष्पा, बैनी लक्ष्मी र भाइ अर्जुनलाई सदाका लागि गुमाएका छन्। त्यस्तै कलुका घरमा पाहुना आएकाले कुशे गाउँपालिका–९ चौताराका तीन भाइबहिनीले समेत सार्कीगाउँकै पहिरोमा परी ज्यान गुमाए। आफन्त गुमाएकाहरू विद्यालयमा शरण लिएर बसेका छन्। विद्यालयमै काजकिरिया शुरु भएको छ। आफन्तको यादमा शुक्रबारदेखि आफन्तका आँशु थामिएका छैनन्। रासस File photo

जनाअवजको टिप्पणीहरू