नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

बोलन्या थली | २२ असार २०७७, सोमबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आइतबार टुंगीएको बैठक आज पुनः बस्ने तय भएको हो । बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

सरकार गैरजिम्मेबार देखिएको र जनताप्रतिको आधारभूत दायित्व पनि निर्वाह गर्न नखोजेको भन्दै कांग्रेसले सरकार विरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताउँदै आएको छ ।

जनाअवजको टिप्पणीहरू