कैलालीमा एकै साता सशस्त्र प्रहरीका ५ वटा विओपि स्थापना
बोलन्या थली |
३१ जेष्ठ २०७७, शनिबार
सशस्त्र प्रहरीले सिमा रक्षा र चोरी निकासी नियन्त्रण गर्न कैलालीमा एकै साता पाँच वटा बोर्डर आउट पोष्ट (बि.ओ.पि) स्थापना गरेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कैलालीमा सशस्त्र प्रहरीले बिओपि स्थापना गरिएको हो ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको ११४ वटा नयाँ बिओपिहरु स्थापना गर्ने निर्णय अनुसार कैलाली जिल्लामा ६ वटा बिओपिहरु स्वीकृत भएको थियो । १०१ कि.मि.खुल्ला सीमाना रहेको कैलालीमा हालै मात्र ५ वटा बि.ओ.पि. स्थापना भए सँगै बि.ओ.पि.को संख्या ९ पुगेको छ ।