डडेल्धुरामा लक्षण नदेखिएको भन्दै परिक्षण नगरी ५ जना डिस्चार्ज

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
डडेल्धुरामा लक्षण नदेखिएको भन्दै परिक्षण नगरी ५ जना डिस्चार्ज

डडेल्धुराका ५ जना कोरोना संक्रमितलाई डडेल्धुरा अस्पतालले डिस्चार्ज गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएको ८ दिनपछि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज हो निर्णय अनुसार उनीहरुलाई घर पठाईएको छ । गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माबी बडाल क्वारेन्टाइनमा कोरोना पोजेटिभ देखिएका वडा नम्बर १ का २ जना र २ का ३ जनालाई कुनै लक्षण नदेखिएको भन्दै पुनः पिसिआर परिक्षण नगरी घर पठाएको छ । सरकारले बनाएको नयाँ निर्देशीका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा १४ दिन भन्दा बढी भइसकेकाले डिस्चार्ज गरिएको डडेल्धुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर ओझाले बताए ।

जेठ ९ र १० गते भारतबाट आएका ५ जनालाई जेठ २३ गते कोरोना पुष्टि भएको थियो ।

जनाअवजको टिप्पणीहरू