बलात्कारीलाई फासी दिनु पर्छ : प्रदेश सांसद शान्ती नेपाली

बोलन्या थली १८ आश्विन २०७७, आईतवार

सुदूरपश्चिम प्रदेश सांसद शान्ति नेपालीले बलात्कारीलाई फासी दिनु पर्ने माग गरेकी छन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै सांसद नेपालीले बलात्कारीलाई फासी दिनु पर्ने माग गरेकी हुन् । उनले समाजवाद,साम्यवादलाई अगाडी बढाइरहे पनि समाजमा महिला हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको बताइन् । बझाङमा १२ बर्षिया सम्झना कामीमाथि भएको बलात्कारपछी हत्याका दोषिले उन्मुक्ती नपाउने जोड दिईन् । यस्ता घटनामा सरकार कडा रुपमा प्रस्तुत भई दोषिलाई कडा कारबाही हुनुपर्ने माग गरिन् ।

[Sassy_Social_Share total_shares="ON"]

जनाअवजको टिप्पणीहरू