सांसदहरूको सहयोगमा बोलन्या थलीद्धारा नाकामा फलफूल वितरण

बोलन्या थली २३ जेष्ठ २०७७, शुक्रबार

बोलन्या थलीले भारतबाट आएका नेपालीहरूलाई गोरीफन्टानाकामा फलफूल वितरण गरेको छ । सङ्घीय सांसदहरू झपट रावल (कैलाली) गौरीशंकर चौधरी (कैलाली) लक्ष्मी चौधरी (कैलाली) मेटमनी चौधरी (दाङ) गंगा चौधरी (दाङ) पार्वती बिक (दैलेख) आशा बिक (बझाङ) बिना बुढाथोकी (कञ्चनपुर) र माया ज्ञवाली (काठमाडौँ) को २० हजार आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन सुरु गरेको हो । विगत लामो समय देखि जारी लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरूको कैलालीको गौरीफन्टानाकाबाट उद्धार कार्य जारी रहेको छ ।सोही अवसरमा गौरीफन्टानाकामा आइपुगेका बालबालिका,महिलाहरू र वृद्धहरूलाई फलफूल वितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । उनका अनुसार सो अभियानलाई निरन्तरता दिइने र आजै नै धनगढीमा रहेका क्वारेनटाइनमा दूध, फलफूल समेत वितरण गरिने जनाएको छ । यस अघि पनि बोलन्या थलीले लकडाउनका बिच आश्रय अड्डा,दानापानी अभियान,दैलोमा दबाई,जनताद्धारा दान जनताकै लागी खानपान,निःशुल्क व्यालेन्स , पिसिओ सेवा,अण्डा वितरण लगायतका अभियान चलाई सकेको छ । बोलन्या थली पश्चिम सेतीका लागी रचनात्मक सङ्घर्ष गर्ने गैरनाफामुक संस्था हो ।

[Sassy_Social_Share total_shares="ON"]

जनाअवजको टिप्पणीहरू