बलात्कारका दोषिलाई सरकारनै उन्मुक्ती दिन लागेको छ : अधिकारकर्मी गोमा आचार्य

बोलन्या थली १८ आश्विन २०७७, आईतवार

अधिकारकर्मी गोमा आचार्यले कोरोना संक्रमणको महामारीको लकडाउनमा महिलामाथि घरेलु घटना नरोकिएको बताईन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै अधिकारकर्मी आचार्यले लकडाउनमा पनि महिलामाथिका हिंसाका घटना नरोकिएको बताएकी हुन् । बझाङमा १२ बर्षिया सम्झना कामीमाथि भएको बलात्कारपछी हत्याका दोषिलाई सरकारनै कम उमेर बनाएर कम सजाय दिलाउन लागि परेको आरोप लगाईन । व्यवस्था र अवस्था परिवर्तन भए पनि महिला हिंसाका घटनामा न्युनिकरण नआएको बताईन । गृहमन्त्रिले दिएको अभिव्यक्ती गैरजिम्मेवारी रहेको बताईन् । पद, शक्ति, पैसामा अपराधीलाई अभिप्रेरित गरिरहेको र यस्ता घटनाका दोषिलाई कडा कारबाही हुनु पर्ने माग गरिन् ।

[Sassy_Social_Share total_shares="ON"]

जनाअवजको टिप्पणीहरू