रुद्राक्ष डायग्नोस्टिकमा सुगर र मृगौला जाँच फ्री, अरुमा यस्तो छ छुट 

बोलन्या थली | ४ कार्तिक २०८१, आईतवार
रुद्राक्ष डायग्नोस्टिकमा सुगर र मृगौला जाँच फ्री, अरुमा यस्तो छ छुट 

धनगढी । धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर तिहारको अफर पनि सार्वजनिक गरेको छ । आउँदै गरेको तिहारलाई मध्यनजर गर्दै रुद्राक्ष डायग्नोस्टिकले तिहारमा सुगर र मृगौला जाँच निःशुल्क र थाइराईड र होलबडी चेकअपमा विशेष छुट सहितको योजना सार्वजनिक गरेको हो ।   

सेती प्रादेशिक अस्पताल अगाडी सञ्चालनमा आएको रुद्राक्ष डायग्नोस्टिकले सुगर र मृगौला जाँच निःशुल्क र थाइराईड जाँच ४५० र होलबडी जाँच १ हजार ८ सयमा रहेको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर धनगढीका सञ्चालक हरि धामीले जानकारी दिए । 

उनका अनुसार सो अफर कात्तिक १४ र १५ गते रहेकाले उक्त समयमा मौकाको फाइदा उठाउन  ग्राहकलाई अनुरोध समेत गरे । सबैलाई सस्तो दरमा स्वास्थ्य सेवा दिने उद्देश्यले डेढ करोड बढी लागतमा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरिएको हो । यस अघि रुद्राक्ष डायग्नोस्टिकले दसैँ अफर समेत ल्याएको थियो । 

जनाअवजको टिप्पणीहरू