कैलाली अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ बढीले लिए सेवा


धनगढी । कैलाली अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले सेवा लिएका छन्। नेपाल औषधी व्यवसायी संघ र धनगढीको कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट उक्त संख्यामा बिरामीले सेवा लिएका हुन्।
भजनी नगरपालिका-५ कुटिमा कर्मेश्वर मावि प्रांगणमा शनिवार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवासहितका डाक्टरहरुले बिरामीको चेकजाँच र औषधी नि:शुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजक एवम औषधी ब्यवसायी संघ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए।
उनका अनुसार शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएका हुन्। कैलाली अस्पतालमा कार्यरत डाक्टरहरुले बिरामी चेकजाँच गरेको बताउदै अस्पतालका अध्यक्ष एवम सुदूरपश्चिम औषधी ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुशी लागेको बताए