धनगढीको जाखोर ताल छेउमा खुल्यो “माछा घर”


धनगढी । धनगढीमा माछा घर फेमली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । माछा पारखीका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जाखोर ताल नजिक माछा घर फेमली रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

माछा घर रेष्टुरेन्टको बिहीबार होटेल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष केशव पाण्डे महासचिव अभेष चन्द र यादव जोशीले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

युवा व्यवसायी वीरेन्द्र चौधरीले ५० लाख भन्दा बढीको लगानीमा सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आरामदायी पारिवारिक वातावरणका साथमा माछाका विभिन्न परिकारहरू,बच्चाहरूको लागि आइसक्रिम लगायतका सेवाहरू रहेको जनाएको छ ।