आँखाको दृष्टि बढाउन चाहनु हुन्छ ? सुत्नु अघि पिउनुस् यी पेय

बोलन्या थली | ८ आश्विन २०८१, मंगलवार
आँखाको दृष्टि बढाउन चाहनु हुन्छ ? सुत्नु अघि पिउनुस् यी पेय

काठमाडौँ । अहिलेको युगमा आँखाको समस्या सामान्य बन्दै गएको छ । धेरैका लागि चस्मा लगाउनु बाध्यता बनेको छ । तर अधिकांशको चाहना चस्मा लगाउनै नपरोस् र अरूले जस्तै स्पष्ट रूपमा देख्न सकियोस् भन्ने हुन्छ । कतिपयले आँखाको ज्योति बढाउन घरेलु उपाय पनि खोज्छन् । तर धेरै मानिस अझै पनि आइ ड्रप र चस्माको भरमा बाँचिरहेका छन् । 

के तपाईँलाई थाहा छ कि केही हर्बल पेयहरूले आँखाको स्वास्थ्यमा सुधार गर्न मद्दत गर्छ ? आजको यस लेखमा हामीहरू आँखाको दृष्टि सुधार्न सुत्नुअघि पिउन सकिने हर्बल पेय पदार्थबारे कुराकानी गर्नेछौँ ।

  • आँखाको ज्योति बढाउने घरेलु उपाय

आलसको पानी

आलसको दानामा प्रशस्त मात्रामा ओमेगा ३ फ्याटी एसिड र फाइबर पाइन्छ । सुत्नुअघि एक गिलास पानीमा एक चम्चा आलसको दाना रातभर भिजाउन छाडिदिनुस् । अनि सुत्नु अघि यो पानीलाई छानेर पिउनुस् । यो आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

गाजर र धनियाँको रस

गाजरमा बीटा क्यारोटिन हुन्छ । धनियाँमा धेरै एन्टिअक्सिडेन्ट हुन्छ । यी दुईलाई मिसाएर जुस बनाउनुस् । सुत्नुअघि यसलाई पिउँदा आँखाको ज्योति बढ्छ ।

तुलसी र अदुवाको चिया

तुलसी र अदुवाको मिश्रण आँखाका लागि निकै फाइदाजनक हुन्छ । तुलसीको पात र अदुवाको टुक्रालाई एक कप पानीमा उमाल्नुस् । यसलाई छान्नुस् अनि अलिकति मह हालेर पिउनुस् । यो पेयले तपाईंको आँखालाई ताजापन र ऊर्जा दिन्छ ।

कागती र मह पानी

कागती भिटामिन सीको राम्रो स्रोत हो, जुन आँखाको लागि आवश्यक छ । एक गिलास पानीमा कागतीको रस र एक चम्चा मह मिलाउनुस् । सुत्नुअघि यो पिउँदा आँखाको ज्योति बढ्छ ।

सुप र दूधको मिश्रण

सुपको दाना आँखाको समस्या हर्न राम्रो मानिन्छ । एक कप दूधमा एक चम्चा सुपको दाना मिसाएर उमाल्नुस् । राति सुत्नुअघि यसलाई पिउनुस् । यसले तपाईंको आँखाको स्वास्थ्य सुधार गर्न मद्दत गर्नेछ  ।

आँखाको स्वास्थ्य ख्याल गर्नु निकै जरुरी छ । यी हर्बल पेय पदार्थको नियमित सेवनले आँखाको ज्योतिमा सुधार त आउँछ नै स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । चस्मा हटाउन घरेलु उपचारमा मात्रै भर चाँहि पर्नु हुन्न । डाक्टरसँग परामर्श लिनु पनि जरुरी हुन्छ ।

जनाअवजको टिप्पणीहरू