सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
बोलन्या थली |
३ जेष्ठ २०८१, बिहीबार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत पाएका हुन् । नेकपा एकीकृत समाजवादीका दलका नेता रहेका सोडारीलाई उनको दलका चार प्रदेश सभा सदस्यहरूसहित एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा २८ सांसदले पक्षमा मत दिएपछि सोडारीले विश्वासको मत पाएका हुन् ।
नेपाली काँग्रेसका १९, राप्रपा एक र नागरिक उन्मुक्तिका पाँच जना प्रदेश सभा सदस्यहरूले मतदानमा भाग लिएनन् ।