पपुलर स्कुल पुनर्वासको आयोजनामा भोलि नि:शुल्क दन्त शिविर हुँदै

बोलन्या थली | २३ फाल्गुन २०८०, बुधबार
पपुलर स्कुल पुनर्वासको आयोजनामा भोलि नि:शुल्क दन्त शिविर हुँदै

पुनर्वास । कञ्चनपुरको पुनर्वासमा नि:शुल्क दन्त शिविर सञ्चालन हुने भएको छ ।

बिहिबार पुनर्वास नगरपालिका–११, स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजना तथा श्रीनगर डेण्टल क्लिनिक धनगढीको प्राविधिक सहयोगमा एक दिन निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको हो ।

शिविर बिहान साँढे १० बजेबाट स्कुलकै प्राङ्गणमा निःशुल्क  सञ्चालन गरिने विद्यालयका प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिए ।
उनका अनुसार  विद्यार्थीहरुसँगै अभिभावकहरुले पनि शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सकिने जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू