लालझाडी युवा क्लब ११ ले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बोलन्या थली |
३० मंसिर २०८०, शनिबार
कञ्चनपुर । लालझाडी युवा क्लब ११ ले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सिपी अस्पताल धनगढी कैलालीको सहयोगमा आज (मङ्सिर ३० गते ) निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।
क्लबका पूर्व सल्लाहकार सदस्य स्वर्गीय विष्णु बहादुर दानपालीको स्मृतिमा तथा सम्झनामा लालझाडी गाउँपालिकाको नौरंगा स्वास्थ्य चौकीमा भएको शिविरमा ६ सय ५३ जनाले स्वास्थ्य चेकजाँच गरेको र ७० जनाले भिडियो एक्सरे सेवा लिएको क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए ।
शिविरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना ले उद्घाटन गरेका थिए । शिविरमा आउने बिरामीहरूको लागि हस्पिटलमा उपचार गर्नु परेमा २५ प्रतिशत छुटको व्यवस्था हुने क्लबले जनाएको छ ।