लालझाडी युवा क्लब ११ ले  मङ्सिर ३० गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

बोलन्या थली | २७ मंसिर २०८०, बुधबार
लालझाडी युवा क्लब ११ ले  मङ्सिर ३० गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

कञ्चनपुर । लालझाडी युवा क्लब ११ ले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सिपी अस्पताल धनगढी कैलालीको सहयोगमा मङ्सिर ३० गते निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए ।

क्लबका पूर्व सल्लाहकार सदस्य स्वर्गीय विष्णु बहादुर दानपालीको स्मृतिमा तथा सम्झनामा लालझाडी गाउँपालिकाको नौरंगा स्वास्थ्य चौकीमा बिहान साढे ७ बजेदेखि स्वास्थ्य शिविर हुने भएको हो । निःशुल्क शिविरमा विशेषज्ञ सहितको सेवा,निःशुल्क भिडियो एक्स-रे सेवा,निःशुल्क औषधी वितरण,शिविर मा आउने बिरामीहरूको लागि  हस्पिटलमा उपचार गर्नु परेमा २५ प्रतिशत छुटको व्यवस्था हुने क्लबले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू