एसपिएमा साईबर सुरक्षा र लागू औषधबारे सचेतना कार्यक्रम सम्पन्न


धनगढी । कैलालीको सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपिए)मा साईबर सुरक्षा र लागू औषधबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बोलन्या थली र जिल्ला प्रहरी कार्यालय कैलालीले एडूपल नेपाल र साईनो एजुकेशन धनगढीको सहकार्यमा सुरू गरेको कार्यक्रम अन्तर्गत सोमबार एसपिए कलेजमा सो कार्यक्रम सम्पन्न भएको हो ।

बोलन्या थलिका संयोजक यादव जोशीका अनुसार आज सोमबार एसपिए कलेजमा अध्यनरत करिब पाँच सय विद्यार्थीलाई साईबर सुरक्षा र लागू औषधबारे सचेतना दिईएको जानकारी दिए ।
पछिल्लो समय समाजमा साईबर सुरक्षा लगायत घटनाहरूबढिरहेका बेला युवाहरूलाई सचेतना दिनको लागि कैलालीका १६ वटा विद्यालयमा सो अभियान सञ्चालन गरिने छ । जस अन्तर्गत यस अघि शुक्रबार धनगढीको पञ्चोदय र धनगढी नमुना माविमा रहेका विद्यार्थीहरूलाई सो बारे सचेतना दिईएको थियो ।
