धनगढीको चटकपुरमा खुल्यो तिमुर रेष्टुरेन्ट

बोलन्या थली | १६ जेष्ठ २०८०, मंगलवार
धनगढीको चटकपुरमा खुल्यो तिमुर रेष्टुरेन्ट

धनगढी । धनगढीको चटकपुरमा तिमुर रेष्टुरेन्ट सञ्चालनमा आएको छ । डडेल्धुराका रोहित अवस्थीले करिब ६० लाखको लगानीमा तिमुर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

शान्त वातावरणमा ग्राहकलाई हाइजनिक युक्त खानेकुरा खुवाउने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक अवस्थीले बताए। ‘ग्राहकलाई हाइजनिक युक्त खानेकुरा खुवाउने हाम्रो मुख्य उद्देश्य हो, उनले भने,‘ हामीले पनि धेरै होटेलबाट सेवा लिएका छौँ । त्यहाँ भने जत्तिको शान्त वातावरण, स्वच्छ खानेकुरा पाएनौ । त्यस कारण पनि अब धनगढीमा ग्राहकले सोचेको कुराहरूलाई पुरा गर्नुपर्छ भनेर होटेल सञ्चालनमा ल्याएका हौँ ।’

अहिले सो रेष्टुरेन्टमा शुद्ध खसीको मासु,भुटन,कचमेली, लोकल कुखुराको मासु,बोइलरको मासु लगायत खानाको समेत व्यवस्था रहेको छ । सञ्चालक अवस्थीले हातले पिसेको मसलामा अडर अनुसार मासु समेत बनाइने बताए । उनले खानामा पहाडको चामल समेत प्रयोग गरिरहेको बताए ।

जनाअवजको टिप्पणीहरू