होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा पाण्डे
धनगढी । होटेल व्यवसायि संघ कैलालीको ८ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ ।
अध्यक्षमा केशवदत्त पाण्डेयसहित १५ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
शनिबार धनगढीमा भएको ८ औं अधिवेशनबाट उपाध्यक्षमा दीपक थापा क्षेत्री, महासचिवमा अवेशकुमार चन्द, सचिवमा प्रजापति जोशी(प्रकाश), कोषाध्यक्षमा भगतबहादुर थापा, चयन भएका छन् ।
संघको जिल्ला कार्य समिति सदस्यमा धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीप ध्वज थापा, विष्णु केसी, करन सिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट र सुरेन्द्रबहादुर थापा चयन भएका छन् ।
होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा कमलबहादुर बमको अध्यक्षता रहेको थियो ।
यस्तै आजकै दिन होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले होटेल व्यवसायि संघ कैलालीको आफ्नै भवनको पनि उद्घाटन गरेका छन्