डडेल्धुराको नवदुर्गा गाउँपालिकाका पूर्व अध्यक्ष विष्ट सम्मानित

बोलन्या थली | १७ फाल्गुन २०७९, बुधबार
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका पूर्व अध्यक्ष विष्ट सम्मानित

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका पूर्व अध्यक्ष कवीन्द्र विष्ट सम्मानित भएका छन् । आफ्नो कार्यकालमा विद्यालयलाई विभिन्न तवरबाट सहयोग गरेको भन्दै श्री उग्रतारा वेद विद्याश्रम डडेल्धुराले विष्टलाई सम्मान गरेको हो ।

तत्कालीन अध्यक्षको कार्यकालमा  विद्याश्रमलाई गरेको योगदानका आधारमा पूर्व अध्यक्ष विष्टलाई सम्मान गरिएको विद्याश्रमका प्राचार्य प्रेम राज भट्टले जानकारी दिए।

विद्याश्रम अहिले ३० जना बटुक रहेका छन् । अमरगढी नगरपालिका ११ वडाले विद्याश्रम सञ्चालनको लागि अहिले एक/एक लाख बजेट छुट्टाएका छन् ।

विभिन्न निकायको आर्थिक सहयोगबाट विद्याश्रम सञ्चालन हुँदै आएको प्राचार्य भट्टले बताए ।सम्मानित हुँदै पूर्व अध्यक्ष विष्टले विद्याश्रमलाई आगामी दिनहरूमा पनि आफूबाट हुन सक्ने सहयोग गर्न तयार गरेको बताए । 

जनाअवजको टिप्पणीहरू