आजदेखि पाँचौं डडेल्धुरा महोत्सव सुरु

बोलन्या थली | ४ फाल्गुन २०७९, बिहीबार
आजदेखि पाँचौं डडेल्धुरा महोत्सव सुरु

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’को सुरु भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नारासहित बिहीबारदेखि अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव सुरु भएको हो।

महोत्सवको बिहीबार दिउँसो एक भव्य कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले उद्घाटन गरिन्।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेशसभा सदस्यद्वय डा.ताराप्रसाद जोशी र सरस्वती खड्कालगायतको उपस्थिति रहेको थियो।

एक लाख ५० हजार मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सव फागुन १४ गतेसम्म संचालन हुनेछ। उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ७२ लाख रुयैयाँ खर्च हने अनुमान गरेको छ।

जनाअवजको टिप्पणीहरू