सुदूरपश्चिममा आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित

बोलन्या थली | २५ माघ २०७९, बुधबार
सुदूरपश्चिममा आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ।

जनाअवजको टिप्पणीहरू