सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

बोलन्या थली | २७ पुष २०७९, बुधबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल  नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल  नियुक्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

उनले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।मुख्यमन्त्रीको दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म मात्र तोकिएको थियो।

५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।  

No description available.

जनाअवजको टिप्पणीहरू