धनगढी जुनियर जेसीजको अध्यक्षमा पाण्डेय
बोलन्या थली |
६ पुष २०७९, बुधबार
धनगढी । धनगढी जुनियर जेसीजको अध्यक्षमा चेतन पाण्डेय चयन भएका छन् ।धनगढी जुनियर जेसीजको ७ औँ अधिवेशनबाट वर्ष २०२३ को लागि पाण्डेयलाई अध्यक्षमा चयन गरिएको हो ।
मङ्गलवार सम्पन्न अधिवेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा चिरञ्जीवी भण्डारी र अमित ठगुन्ना, उपाध्यक्षमा दीपेन्द्र जोशी, सागर रोकाया,निशान्त बम र सुपृया निरौला निर्विरोध चयन भएका हुन्।
मनोनीत पदाधिकारीमा कानुनी सल्लाहकारमा शुभम पनेरु, महासचिवमा असारिका शर्मा घिमिरे र कोषाध्यक्षमा कविता विष्ट चयन भएका हुन् ।