तस्विरमा हेर्नुस धनगढीको ‘नेपथ्य लाइभ कन्सर्ट’
बोलन्या थली |
३ पुष २०७९, आईतवार
धनगढी । हजारौँ दर्शकको भव्य उपस्थितिकाबीच धनगढी रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ आइतबार राति सम्पन्न भएको छ।
मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो।
नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले आइतबार साँझ कन्सर्ट आयोजना गरेको थियो। गायक अमृत गुरुङले स्टेजमा आफ्ना धेरै गीत प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए ।