डडेल्धरा प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता कायमै (अपडेट)


डडेल्धरा । डडेल्धरामा प्रदेशसभाको मतगणना जारी छ। प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा तारा जोशीको अग्रता कायमै राखेका छन् । नवदुर्गा गाउँपालिका १,२ ,३ र ४ मा सम्पन्न मतगणनामा जोशीको अग्रता कायमै रहेको हो ।
पछिल्लो मत परिणाम अनुसार जोशीले दुई हजार ८ सय ५८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका गोविन्दराज बोहराले दुई हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार गजेन्द्र शाही दुई सय ९० मत पाएका छन् ।