डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार जोशीको सुरुवाती अग्रता

बोलन्या थली | ७ मंसिर २०७९, बुधबार
डडेलधुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार  जोशीको सुरुवाती अग्रता


डडेलधुरा ।   

डडेल्धरामा प्रदेशसभाको मतगणना जारी छ। प्रदेशसभा–२ मा एक हजार ६ सय ६० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता बनाएका छन्।

जोशीले ९ सय ७० मत प्राप्त गर्दा नेपाली काँग्रेसका गोविन्दराज बोहराले ४ सय ९७ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले ७६ मत प्राप्त गरेका छन्। अहिले नवदुर्गा गाउँपालिका–१ र २ को मतगणना जारी छ।

जनाअवजको टिप्पणीहरू