साढे १२ हजार मतान्तरसहित डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

बोलन्या थली | ७ मंसिर २०७९, बुधबार
साढे १२ हजार मतान्तरसहित डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

जनाअवजको टिप्पणीहरू