डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सफल
बोलन्या थली |
२६ कार्तिक २०७९, शनिबार
डडेल्धुरा । डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सफल भएको छ ।
सात करोडको लगानीमा डडेल्धुराको अमरगढी नगरपालिकामा भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन सफल तथा उद्घाटन गरिएको छ ।
शनिवार एक कार्यक्रमका बिच किसानको जवानी किसानकै लगानी भन्ने नाराका साथ फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको परीक्षण उत्पादन सफल हो । डा. तारा जोशीको पहलमा सो उद्योग सञ्चालनमा आएको हो ।
७ सय ७७ जना शेयर सदस्य रहेको र एक हजार बढी भटमास कृषक मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको कम्पनीका अध्यक्ष डा.तारा जोशीले बताए । कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल लगायतका उत्पादन हुने कम्पनीले जनाएको छ ।