पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : देउवा
बोलन्या थली |
२३ कार्तिक २०७९, बुधबार
बैतडी: प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन्।
बैतडीको पाटनमा लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सभापति रहेका देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको बताए।
यस्तै, प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए। यो कामकोालागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले बताए।
उनले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनाइने पनि बताए।


