सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

बोलन्या थली | १६ कार्तिक २०७९, बुधबार
सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

धनगढी ।धनगढीको मुख्य सडक छेउका संरचना हटाउन  उपमहानगरपालिकाले डोजर चलाएको छ।सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ ।

सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलोमिटर रहेको छ ।

जनाअवजको टिप्पणीहरू